हिपमत डटकम
बिराटनगर, पौष ३ गते ।
इलाम । इलामको चुलाचुली–३ मा भेटिएको भाइरल जोडी एक्कासी काठमाडौं जाने भएका छन् ।
बिरामी छोरा मोहन थेगिमलाई भेट्न भाइरल जोडी पूजा र सिंहबहादुर लिम्बू काठमाडौं जाने भएका हुन् । बीर अस्पतालमा उपचाररत रहेका मोहन विभिन्न रोगबाट ग्रसित रहेका छन् । २१ बर्षीया पूजा र ६७ बर्षीय सिंहबहादुरबीच विवाह भएपछि एक्कासी भाइरल बनेका थिए ।