हिपमत डटकम
बिराटनगर,पौष २।
रंगेली नगरपालीकामा रहेको श्री पब्लीक माध्यमीक बिद्यालय ले चौथो पटक आहृवान गरेको सुचनाको आधारमा पुराना फर्नीचरको टेण्डर आहृवान गरेको भएपनी अहिले टेण्डरमा समितीको मिलेमतो भएको छ । पुराना फर्नीचरको टेण्डर आहृवान गर्दा ७ जनाले टेण्डर भरेको थिए । टेण्डर आहृवान गर्दा फारम किन्नका लागी २ हजार र टेण्डरको १० प्रतिशत रकम बैंकिङप प्रणली बाट डिपोजीट गरी टेण्डर भर्नुपर्ने सुचामा जानकारी गराएको छ । तर टेण्डर भर्ने हरुले एक जानले मात्रै १० प्रतिशत धरैटि राखेर प्रकृया पुर्याई टेण्डर भरेको पाएपछि समितीले टेण्डरनै खारेज गरी मिलाउने काम गरेको छ । श्री पब्लीक माध्यमिक बिद्ययालयमा रहेको पुराना फर्नीचरको टेण्डर भएपनी जस्ले धेरै रकम दिएको छ उसैलाई टेण्डर पार्न स्कुल आफैले टेण्डर आहृवान गर्दा बनाएको नियमको उलंघन गरेको छ ।
धरौटिनै नराखि भरीएका फारम हरुलाई सदर गर्द स्कुलका समीतीले प्रकृया पुर्याएर टेण्डर भर्ने सन्तोष सहनी लाई टेण्डर नपारी मिलेमतो मा स्कुल समतीती लागेको छ । सन्तोष सहनीले स्कुलको टेण्डर भर्दा सम्पुर्ण प्रकृया पुरा गरी टेण्डर भरेको भएपनी स्कुल समीतीले धेरै पैसाको लोभमा खुली सकेको टेण्डरलाई रोकेर २ दिनमा १० प्रतिशत रकम धरौटि राख्न भन्दै सेटिङ गरेको छ । नियमले टेण्डर खुल्ला गर्दा प्रकृया नपुगेका फारम हरु रद्ध हुने कानुनी प्रर्वधन रहेको छ । तर सेटिङकै भरमा प्रकृया नपुर्याएको फारम लाई सरद गर्न स्कुल समीती नै लागी परेको छ । यस तर्फ सम्बन्धीत निकायको ध्यन जान जरुरी छ ।