राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपराह्न सन्देश पठाउँदै कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।