युरोपमा कोरोनाभाइरस (कोभिड–१९) महामारीको केन्द्रविन्दुमध्ये एक बनेको स्पेनमा भाइरसको संक्रमणबाट एकै दिनमा मृत्यु हुने संख्या गत मार्च यताकै सबैभन्दा कम देखिएको छ ।

पछिल्लो एक दिनमा स्पेनमा ६ सय ७४ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा ज्यान गुमाउनेको संख्या १२ हजार ४१८ पुगेको छ । यो संख्या विश्वमै इटालीपछि सबैभन्दा बढी हो ।

यद्यपि, मृत्यु र नयाँ संक्रमणको गतिमा कमी देखिन थालेको तथ्यांकले देशमा महामारीको चरमविन्दु पार गरेको संकेत देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार स्पेनमा हाल ८० हजार २६१ सक्रिय संक्रमित रहेका छन् । शनिबारको तुलनामा यो संख्या १ हजार ४८८ ले बढी हो । तर, नयाँ संक्रमितको संख्या गत मार्च १७ यताकै सबैभन्दा कम हो । गत मार्च २४ यता स्पेनमा नयाँ संक्रमितको प्रतिशत घट्दो क्रममा रहेको छ ।यद्यपि, शनिबारको ११६ जनाको तुलनामा आइतबार ३२९ जनालाई आइसीयूमा भर्ना गरिएको छ ।

स्पेनमा हालसम्म ३८ हजार ८० जना निको भएर घर फर्किएका छन् । शनिबार मात्र ४ हजार बढी निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता, अर्को युरोपेली मुलुक नेदरल्याण्डमा पनि कोरोनाभाइरसको संक्रमणबाट एक दिनमा मृत्यु हुनेको संख्यामा कमी देखिएको छ । डच नेसनल इन्सिटिच्युट फर पब्लिक हेल्थ एण्ड इन्भारोमेन्टको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ११५ जनाले ज्यान गुमाएका थिए । अघिल्लो दिन यो संख्या १६४ थियो ।

यसमध्ये, ३ जना २५ देखि ५० वर्ष उमेर समूहमा रहेका छन् । नेदरल्याण्डमा हालसम्म १ हजार ७६६ जनाले ज्यान गुमाएका छन् भने देशमा संक्रमितको संख्या १७ हजार ८५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!