यतिबेला लकडाउनको मौकामा सिनेमा हलमा प्रदर्शन भैसकेका नेपालि फिल्महरु युट्युबमा धमाधम सार्बजनिक हुन थालेको छ । कोरोना त्रासका कारण विश्वका प्राय नागरिकहरु यतिबेला घरभित्रै बसिरहेका छन् । जसको दिन कटाउने प्रमुख माध्यम ईन्टरनेट बनिरहेको परिप्रेक्ष्यमा नेपालि फिल्महरु पनि युट्युबमा सार्बजनिक हुन थालेको हो । केहि दिन अघि सार्बजनिक भएका फिल्महरु युट्युब ट्रेण्डिङ्गको प्रमुख स्थानहरु ओगटिरहेको अवस्थामा युट्युबमा ‘उमङ्ग’ नामक अर्को फिल्म पनि सार्बजनिक भएको छ । हेर्नुस पुरा फिल्म ।
२०७३ सालको कार्तिक १२ गते सार्बजनिक प्रदर्शनमा आएको फिल्म झन्डै ३ वर्षको द्दौराना पछि युट्युबमा सार्बजनिक भएको हो । फिल्ममा एक बेलाकी चर्चित र ब्यस्त नायिकामा गनिने बिनिता बराल प्रमुख भूमिकामा छिन भने फिल्मले हलमा खासै राम्रो परिणाम बटुल्न सफल भएको थिएन । फिल्ममा बिनिताको अलावा कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेशकुमार केसी आदि कलाकारले अभिनय गरेका छन् ।कोरियोग्रफर तथा हास्य अभिनेताको रुपमा स्थापित शिव शर्माको यो डेब्यू निर्देशन फिल्म हो । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल तथा बीबी अनुरागीको संगीत छ । फिल्मका अभिनेता कुमार बिसीले नै यो फिल्मको कथा लेखेका हुने । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई फिल्मको कथा बनाएको कुमारले विभिन्न कारणले आफ्नो प्यारो देश छोडेर विदेशिन बाध्य परदेशीहरुको कथाब्याथामा आधारित छ ।