शनिबार, चैत्र २२, २०७६ || 673  पटक पढिएको

यहाँको दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । शुक्रबार भएको कार्यपालिकाको बैठकले चैत र वैशाखको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै कार्यपालिकाले दुई महिनाको भत्ता समयसीमाभन्दा अगाडि नै उपलब्ध गराउन लागेको प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । “नियमअनुसार असारमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने हो, तर अहिलेको विद्यमान समस्याका कारण नगरपालिकाले समस्यामा परेकालाई राहत मिल्ने गरी यस्तो निर्णय गरेको हो”, उहाँले भन्नुभयो । यसो गर्दा पछि दुई महिनाको मात्र सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने उहाँको भनाइ छ । अग्रिमरूपमा भत्ता उपलब्ध गराउँदा विपन्न वर्गमा नगरपालिकाले तत्काल राहत दिनेको सङ्ख्यामा समेत कमी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अबको केही दिनभित्र नगरपालिकाबाट सामाजिक सुरक्षाभत्ता लिँदै आएका पाँच हजार ७१५ लाई वितरण गरिनेछ । दुई महिनाको सामाजिक सुरक्षाभत्ता रु दुई करोड ५० लाख वितरण हुने उहाँको भनाइ छ । यस्तै कार्यपालिकाले विपन्न वर्गको तथ्याङ्क सङ्कलन गर्ने, स्वास्थ्य तथा सुरक्षाकर्मीलाई निर्देशिकाअनुसार सेवासुविधा दिने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, कोभिड–१९ बाट बच्ने उपायका बारेमा तीव्ररूपमा प्रचारप्रसार गर्नेसमेत निणर्य भएको प्रमुख राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!