शनिबार, चैत्र २२, २०७६ || 2647  पटक पढिएको

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । उनले विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको आरोप लगाए । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न अपिल समेत गर्दै चीनको मासु बजार विश्वका बाँकी मानिस र स्वास्थ्यका लागि गम्भीर खतरा भएको आरोप लगाए ।

गत वर्ष नोभेम्बरमा चीनको ऊहान शहरबाट कोभिड–१९ को महामारी सुरु भएको थियो । यो महामारी त्यहाँको मासु बजारबाट पैदा भएको आशंका गरिन्छ । कोभिड–१९ जनावरहरुको माध्यामबाट मानिसमा आएको आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि अझै भैसकेको छैन ।

प्रधानमन्त्री मरिसनले बिहीबार २ जीबी रेडियोलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘कोरोना भाइरसको उत्पति चीनमा भएको हो र सारा विश्वमा फैलियो । यो कुरा हामी सबैलाई थाहा छ । यस विषयमा विश्व स्वास्थ्य संगठनले केही गर्नुपर्छ । किनकि यो विश्वका मानिसहरुको स्वास्थ्यको प्रश्न हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!