कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमण पोजेटिभ देखिएका व्यक्तिसहित ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए ।
पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको उनले जानकारी दिए । गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ ।
यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । शुक्रबार मात्र कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।