शुक्रबार, चैत्र २१, २०७६ || 765  पटक पढिएको

जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै पोखरामा भित्र्याएको अत्याधुनिक उपकरणमैत्री बसको प्रयोग गरी पोखरा महानगरपालिका वडा नं ३३ र २१ का विभिन्न स्थानमा रक्तदान गरिएको हो । मञ्चले पोखरा–३३ भरतपोखरीका कालिकास्थान, महाकाली चोक, पानीटङ्की, बसपार्क, उपल्लो पुडिटार, जीब्रेढुङ्गा, शान्तिउदय, भगवती चौतारा, ठूलढुङ्गा र पोखरा–२१ को द्वारमा बसमार्फत रक्तदान गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो । उहाँका अनुसार टोल विकास संस्था, सहकारी लगायतका सङ्घसंस्थाले रक्तदाता सङ्कलनमा योगदान पु¥याएका थिए । लकडाउनसँगै नियमित रक्तदान कार्यक्रम रोकिएपछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । विशेषगरी एबी पोजेटिभ र ए पोजेटिभ समूहको अझै अभाव भएको जानकारी दिदै उहाँले बसभित्र रक्तदान गर्न सकिने भएकाले लकडाउनका समयमा यो विशेष प्रभावकारी बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!