समाचारको प्रभाब एकल महिलालाई घरमै पुगेर खाधन्न सामग्री सहयोग गरेको छ ।मिर्चैयाका एकल महिलालाइ नातीनीको चिन्ता,छाकटार्न समस्या शिर्षकमा छापिएको समाचारको प्रभाबमा सहयोगी हातहरु घरमै पुगेर दिए खाद्यान्न सामग्री दिएको छ ।सिरहाको मिर्चैया नगरपालिका वडा नं..२ मल्हनिया खोरीकी एकल महिला पवित्री देवी कापरलाई हेल्प मधेशी संस्था र जनमत पार्टीको कार्यकर्ताद्वारा खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ।सिरहा मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरी बस्ने अनजादी ६५ वर्षीय पवित्री देवी कापर मल्हनिया पिरारी गाउँका रामजानकी मन्दिरको किनारमा सानो झुपडीमा एक विपन्न असाहय परिवार बस्दै आएको छ ।घरमा कोही सहारा नभएको १२ वर्षीय नतिनी संग आमालाई आफु भन्दा बढी नातिनको चिन्ताले सताउन सुरु गरिसकेको छ ।आज विहान समाचारको प्रकाशित भए पछि हेल्प मधेशी संस्थाद्वारा २५ के जी चामल,५ के जी आलु,३ के जी दाल रहरको ,२ के जी प्याज, २ के जी नुन , २ लिटर खाने तेल, २ के जी स्वाविन९मसउरा०, आधि के जी मिक्स मसला, ३ के जी सर्फ र१ पिस साबुन हेल्प मधेशी साउदीका केन्द्रिय दलान प्रमुख धुब्र मण्डल र जनमत पार्टीको कार्यकर्ता द्वारा चामल १० के जी, दाल ३ के जी, आलु २ के जी, प्याज १ के जी,नुन १ के जी,स्वाविन९मसउरा० आधि के जी र मिक्स मसला १५ प्याकेट रहेका थियो । जनमत पार्टीका यूवा नेता सुरेश चौधरी पिडितका घरमै गइ पिडितलाइ उक्त खाद्यान्न सामग्री दिईएको छ ।