कोरोनाको त्रासका कारण लकडाउनको स्थितीमा पुगेको नेपालमा अहिले सबै किसिमका व्यापार ब्यावसाय बन्द हुन पुगेको छ । यस्तैमा नेपाली सिने उधोगले पनि मज्जैले विश्राम लिन पाएको छ । सिनेमा हलहरु बन्दा भएदेखी रिलिज मिति पोस्टपोन्ड तथा छायांकनरत फिल्महरु पनि स्थगित भएको कारण यतिबेला सम्पुर्ण कलाकारहरु पनि बिश्राममा छन । वर्षको अन्त्यमा केही प्रतिक्षित फिल्महरु प्रदर्शनमा आउने तयारी थियो । तर विश्व महामारीको रुपमा फैलिएको कोरोनाको कारण सो फिल्महरुले प्रदर्शनको यात्रा तय गर्न सकेनन् ।यता फुर्सदलाई सेलिब्रेटिहरुले मज्जैले सदुपयोग गरिरहेको सामाजिक संजाल मार्फत बुझ्न सकिन्छ ।सामाजिक संजालमा यतिबेला सेलिब्रेटिहरु अन्य समय भन्दा निक्कै अप्डेट भैरहेका छन् । कोहिले कोरोनाको बारेमा सचेतना फैल्याएका छन भने कोहि आफ्नो दैनिकीलाई पोस्ट्याईरहेका छन् । मेकअप गर्नेदेखी योगा, विभिन्न परिकार बनाउने कार्यहरुमा सघाईरहेका छन् । यस्तैमा लोकप्रिय गायक रामकृष्ण ढकाल पनि आफ्नो परिवार सहित होम क्वारेन्टाइनमै छन । पत्नी निलम संग डिभोर्सको चर्चा चले पनि यतिबेला दुबै संगै छन् । जसको आधिकारिकता ढकाल पत्नी निलमले आफ्नो ईन्स्टा एकाउन्टमा सार्बजनिक गरेको तस्वीरले दिन्छ । उनले रामकृष्ण र आफ्नो सेल्फी फोटोलाई ईन्स्टामा पोस्ट्याउदै होम क्वारेन्टाइनमा रहेको बताएकी छन् । यता रामकृष्णले पनि आफ्नो ईन्स्टामा पत्नी संगको सेल्फिलाई पोस्ट गरेका छन् ।