नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सम्भावना रहेको निकटका साथीहरू बताउछन ।यतिबेला कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् । कोही आफ्नो श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् भने कोही किताब पढ्दै, चलचित्र हेर्दै बसेको देख्न सकिन्छ ।नायिका श्रृष्टी श्रेष्ठले भने नायक सौगात मल्लसँगको एक तस्वीर शेयर गर्दै लक डाउनलाई ‘लभ लकडाउन’ भनेर उल्लेख गरेकी छिन् । सौगात र श्रृष्टी एकसाथ बसेपनि चलचित्रको कामका कारण धेरै समय बाहिर नै हुन्थे । तर, यसपटक भने उनीहरु एकसाथ समय बिताउन पाइरहेका छन् । यसैले, श्रृष्टीका लागि यो समय बिषेस ‘लभ लकडाउन’ हुने नै भयो ।