बिहिबार, चैत्र २०, २०७६ || 592  पटक पढिएको

उदयपुर र मोरङका २ स्थानमा पानीमा डुबेर मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका-८ माझीगाउँका ३८ बर्षीय दिल प्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो ३ बजे पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ । यसैगरी मोरङको बुढिगंगा गाउँपालिका-६ ऐलानपुरका ४० बर्षीय ठेगिया उरावको ऐलान खोलामा माछा
मार्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो २ बजे माछा मार्न भनी गएका उराव ४ बजे पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!