बिहिबार, चैत्र २०, २०७६ || 549  पटक पढिएको

भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो । व्यावसायिक प्रयोजनाका सवारी साधनको बिक्रीमा पनि ९० प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५० हजार ९१७ थान सवारी साधन बिक्री गरेकामा यस वर्षको मार्च महिनामा ५ हजार ३३६ थान मात्र बिक्री भएको छ । टाटा मोटर्सका अनुसार सवारी साधनको विदेश निर्यातमा पनि ६८ प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५ हजार ६१९ थान सवारी साधन निर्यात भएकामा यस वर्ष मार्चमा १ हजार ७८७ थान मात्र निकासी भएको छ । टाटा मोटर्सका यात्रुबाहक सवारी साधनको व्यवसायसम्बन्धी इकाईका प्रमुख मयन्क पारिकले कोरोनाभाइरसको प्रकोपका साथै भारतमा गरिएको बन्दाबन्दी (लकडाउन) ले सवारी साधनको बिक्रीमा ठूलो असर परेको बताउनुभयो । उहाँले टाटाका नयाँ उत्पादनप्रति उपभोक्ताले चासो देखाइरहेको र कोरानाका कारण भएको लकडाउन खुल्नासाथ बिक्रीमा सुधार हुने अपेक्षा गरिएको बताउनुभयो । ––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!