बिहिबार, चैत्र २०, २०७६ || 713  पटक पढिएको

स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको समाचारमा जनाइएको छ । स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् । यसैगरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ । यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ । फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो । युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टेरसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!