तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलवार देखि हराईरहेका बृद्ध चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार दिउँसो २ बजे फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।