सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब सय मजदूरलाई घर पठाइएको छ । कोभिड १९ का कारण काम रोकिएर अलपत्र कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मेलम्ची भोताङ, मेलम्ची धाप सडक खण्ड र याङ्ग्री –लार्के सडकखण्ड निर्माणको काम गर्ने ९८ कामदारलाई घर पठाइएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट पासको व्यवस्था मिलाई गाडी भाडामा खाृजेर आआफ्नो घर पठाइएको तामाङले जानकारी दिनुभयो ।