माेरङकाे रतुवामाई नगरपालिका ५ लेटी स्थित घाद्रि खाेलामा माटाे निकाल्ने बेलामा माटाे काे ढिस्काेले पुरिदा साेहि स्थान बस्ने राज कुमार ताजपुरिया कि बर्ष १३ कि सुष्मिता ताजपुरीयाकाे मृत्युु भएको छ । मंगलबार दिउँसो १२ बजे माटाे निकाल्ने क्रममा माथि बाट माटाे काे ढिस्काे ले च्यापेे पछि गम्भीर अवस्थामा स्थानीयले देखेपछि उपचारका क्रममा बिराटनगर स्थित नाेबेल अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरी ले जनाएको छ । उनी सरस्वती माध्यमिक बिधालय कादुपाडा मा कक्षा ७ मा अध्ययनरत रहेको बिधालय का शिक्षक दिनेश कुमार बिष्टले बताए ।