जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार पार गरेको छ । अहिलेसम्म अमेरिकामा ४ हजार ५४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा यतिबेला संसारका सबैभन्दा धेरै व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ कूल १ लाख ८८ हजार ५ सय ७८ जना व्यक्ति संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ जनाको स्थिती गम्भीर छ । एजेन्सी