नोवेल कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागि रामनगर मिर्चैया उधोग वाणिज्य सघंले सुरक्षाकर्मी तथा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न वर्गलाई मास्क,ग्लव्स,साबुन तथा सेनिटाइजर वितरण गरेका रामनगर मिर्चैया उधोग वाणिज्य सघंका अध्यक्ष हरिशंकर साहले बताए ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई रामनगर मिर्चैया उधोग वाणिज्य सघंद्धारा मास्क,ग्लव्स,साबुन तथा सेनिटाइजर वितरण गरेको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका अध्यक्ष हरिशंकर साहले बताए ।
विश्वमा नै महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन ५ सय ५० पिस मास्क,५ सय ५० ग्लव्स, ५० पिस सेनेटाइजर र ५ सय पिस सावुन वितरण गरिएको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका सचिव भरत महासेठले बताएले जानकारी दिएका छन् ।
रामनगर मिर्चैया उधोग वाणिज्य सघंका सचिव महासेठको अनुसार रामनगर मिर्चैया उधोग वाणिज्य सघंको क्षेत्रमा तीन नगरपालिका रहेको छ । साथै ईलाका प्रहरी कार्यालय मिर्चैया,सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैया र मिर्चैया, कर्जन्हा,कल्याणपुर नगरपालिकाका व्यपारीहरुलाई पनि वितरण गरेको छ ।