युनाइटेड क्लब, पोखराले गण्डकी प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख प्रदान गरेको छ । क्लबका अध्यक्ष लालकाजी गुरुङले क्लबले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण, सेती नदी संरक्षण र सौर्य बत्ती जडानमा काम गर्दै आइरहेको जानकारी दिँदै उहाँले अघिल्लो वर्षदेखि छुट्टै विपद् व्यवस्थापन कोष स्थापना गरेको बताउनुभयो । क्लबका तर्फबाट गरिएको सहयोग हस्तान्तरण समारोहमा सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्दै राष्ट्रव्यापी विपद्को यस समयमा सबैलाई आआफ्ना तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।