युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन् ।युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित नेपाली दूतावासले जनाएको छ