सोमबार, चैत्र १७, २०७६ || 645  पटक पढिएको

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ १७ वटा पिपिइ वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको उपचारका लागि पोखराबाट दुई र काठमाडौँबाट १५ वटा पिपिइ ल्याइएको जानकारी दिँदै उहाँले नाउँडाडास्थित स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पताल लुम्लेलाई एक÷एक वटा पिपिइ वितरण गरिएको बताउनुभयो । आज सबै पिपिइ वितरण गरिसक्ने बताउँदै अध्यक्ष कुँवरले कोरोना सङ्क्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा हालै विदेशबाट आएका २६ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको गाउँपालिकामा राम्रै पालना भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नं १ स्थित हिमालय देउराली होटेल, २ स्थित माछापुच्छ«े मावि, ३ स्थित लुम्ले कृषि केन्द्र, ४ स्थित प्रगतिशील मावि, ६ स्थित सङ्गम मावि, ८ स्थित बीरेठाँटी मावि र १० स्थित मेश्रम बराह माविमा क्वारेन्टाइन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!