सोमबार, चैत्र १७, २०७६ || 795  पटक पढिएको

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि ११ चैतबाट देशभर लकडाउन गर्ने घोषणा गरेको थियो ।

लकडाउन घोषणापछि पनि सुरुवाती दिनमा प्रहरीले बिनाकाम घरबाहिर निस्कनेलाई सम्झाई बुझाई छाड्दै आएको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविपरीत बिनाकाम घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने जानकारी दिए ।

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो, बिनाकाम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!