हिपमत डटकम

आइतबार, बैशाख १४, २०८२ || 6411  पटक पढिएको

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी एक हुने चर्चा निकै भयो । अहिले आएर यी दुवै पक्षले पार्टी एकता अन्तिम चरणमा पुगेकाले घोषणा हुन मात्र रहेको बताइरहेका छन् ।

 

वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने भनिएको छ । जसप्रति यतिवेला दुवै पार्टीमा उत्साह छ । एकताको विषयलाई लिएर जनमतले १६ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ भने नागरिक उन्मुक्तिले १५ गते ।

 

पूर्वी र पश्चिमी भूगोलमा विशेष प्रभावक्षेत्र बनाएर राजनीति गरिरहेका दुई पार्टीबिच एकता भए सबैभन्दा ठुलो मधेसकेन्द्रित दल बन्ने पक्का छ । यी दुई पार्टी मिलनका पटक–पटकका प्रयासबिच जनमतका अध्यक्ष सीके राउतको प्रयासले सम्भव भएको हो ।

 

तर पार्टी एकता हुने अनि लामो समयसम्म नटिक्ने नेपाली दलहरूमा पुरानै समस्या छ । यस्तोमा यी दुई दलबिचको एकता पनि कति समयसम्म टिक्ला ? संशय उत्तिकै छ ।

 

देशका दुई क्लस्टर मधेश र थरुहट मिल्नुले राजनीतिमा ठुलो सन्देश जाने नै छ । तर टिकाउ कतिञ्जेल हुन्छ ? त्यसमा भने संशय देखिएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् । थरुहट र मधेसका अन्य बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरू पनि उनकै जस्तो विश्लेषण गर्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!