रबिन्द्र बराल

बिहिबार, बैशाख ११, २०८२ || 3078  पटक पढिएको

तीन सातादेखि काठमाडौँमा सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन्। यस कारण देशैभरिका सामुदायिक विद्यालयहरू बन्द भएका छन्। रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत देशभरिका सामुदायिक विद्यालयका विद्यार्थीहरू गाउँघरका खोलानालामा नुहाउने र दिनभर खेल्ने गरेको देखिन्छ।

स्थानीय बासिन्दाका अनुसार सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउँछन्। सामुदायिक विद्यालयमा गरीब तथा अति विपन्न परिवारका बालबालिकाहरू मात्र अध्ययन गर्छन्। विद्यालयहरू बन्द हुँदा अभिभावकहरू आफ्ना छोराछोरीको पढाइ बन्द भएकोमा निकै चिन्तित भएका छन्।

कक्षा १० को परीक्षा सकिएलगत्तै राजधानीमा भेला भएर शिक्षकहरू आन्दोलन गरिरहेका छन्। अहिले देशभरिका करिब साढे पाँच लाख विद्यार्थीको भविष्यबारे सरकारले कुनै सुनुवाइ गरेको छैन। शिक्षकहरू विद्यालय शिक्षा ऐन नबनेसम्म विद्यालय नफर्कने अडानमा छन्।

नयाँ शैक्षिक सत्र सुरु भएर घरदैलो अभियान, विद्यालयमा भर्ना र बालबालिकाहरूलाई पाठ्यपुस्तकसमेत अहिलेसम्म वितरण हुन सकेको छैन। शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि संसद्बाट टुङ्गो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!