हिपमत डटकम

बुधबार, बैशाख ०३, २०८२ || 5106  पटक पढिएको

फिसिङ लिङ्क पठाएर ईसेवा प्रयोगकर्ताहरूको खाताबाट रकम चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ। काठमाडौंको अनामनगरमा बस्ने बुढा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ का स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत खाता बन्द हुन लागेको भन्दै नक्कली लिङ्क पठाउने गरेका थिए। प्रयोगकर्ताहरूले उक्त लिङ्क खोलेपछि उनले ईसेवा खातामा अनधिकृत पहुँच पुर्‍याई ४ हजारभन्दा बढी व्यक्तिको खाताबाट १ करोड २ लाख रुपैयाँ पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खातामा ट्रान्सफर गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुढालाई काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो। प्रहरीले जनाए अनुसार बुढालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!