आइतबार, चैत्र १६, २०७६ || 727  पटक पढिएको

कोभिड–१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोटमा २४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ । कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका बाह्रै स्थानीय तहले आवश्यकताका आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याइएको जनाएका छन् । तत्कालका लागि स्थानीय तहले चारदेखि ७५ शय्यासम्मको एकान्तबास निर्माण गरेका छन् । स्थानीतयहले सञ्चालनमा ल्याएको एकान्तबासलाई सरकारले हालै जारी गरेको मापदण्डअनुसार व्यवस्थापन मिलाउन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ द्रोण पोखरेलले स्थानीय तहलाई स्मरण गराइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!