मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०२ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले सुनसरी धरान उप-महानगरपालिका-१७ का ४० बर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलिले स्थानिय ३० बर्षीय बिकास भण्डारी र २३ बर्षीय सुसिल शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप-महानगरपालिका-१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटार बाट धरान तर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान-४ का ४८ बर्षीय जोक बाहादुर राई, उनको छोरा ३० बर्षीय सुमन राई र सोहि अटोमा सवार धनकुटा साँगुरीगढी-३ का ३६ बर्षीय सुरज लिम्बुलाई १९ किलो लागू औषध गाजा सहित नियन्त्रणमा लिएको छ ।