रामकुमार परियार

आइतबार, चैत्र ३०, २०८१ || 13794  पटक पढिएको
पथरीशनिश्चरे । युवा नेता तथा समाजसेवी विनोद कार्कीले पथरीशनिश्चरे–६ मंगलबारेमा अवस्थित ‘केचना युथ फिट्नेस क्लब’ लाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
प्रदेश सभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट मोरङ प्रदेशसभा क्षेत्र नं. २ (ख) का उम्मेदवार समेत रहेका युवा नेता , समाजसेवी तथा कुशल व्यवसायी विनोद कार्कीले आज (आईतवार) पथरीशनिश्चरे नगरपालिका वडा नं ६ मंगलबारेस्थित केचना फिट्नेस क्लबको जिम हलमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
युवालाई सक्रिय, स्वस्थ र सशक्त बनाउने उद्देश्यका साथ कार्कीले क्लबलाई जिमका लागि आवश्यक सामाग्री खरिद गर्न सहयोग उपलब्ध गराएका हुन्। उक्त रकमले जिमका सामग्रीहरू खरिद गरिने क्लबका सक्रिय सदस्य तथा युवा समाजसेवी विशाल खड्काले जानकारी दिए।
मंगलबारे बजारस्थित फिट्नेस क्लब भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष राजेश शाह र सचिव निर्मल कटुवाललाई चेक हस्तान्तरण गरेका हुन ।
क्लबका अध्यक्ष राजेश शाहको सभापतित्व रहेको कार्यक्रममा स्थानीय समाजसेवीहरु बद्रीकुमार निरौला, ज्ञानबहादुर बस्नेत, जनप्रतिनिधिहरु विष्णु कुमार लिम्बु , विजय मण्डल , क्लबका सचिव निर्मल कटुवाल, युवा नेता तथा समाजसेवी ईश्वर भट्टराई, रोशन थापा, सन्तोष आचार्य, श्याम लिम्बु, कमल कटुवाल, प्रकाश रायमाझी , रोशन मण्डल , गोपि दहाल , राम श्रेष्ठ , निशान कार्की , प्रमोद रायमाझी , टेक सुब्बा , टंक खड्का , वैजनाथ चन्द्रवंशि , सुमन खत्री , विपिन मण्डल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सम्बोधन गर्दै समाजसेवी बद्रीकुमार निरौलाले राष्ट्रनिर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै राज्यको ध्यान नपुगेको अवस्थामा विनोद कार्कीको पहल सराहनीय र प्रेरणादायक रहेको उल्लेख गरे । उनले आफ्नो क्षेत्रका युवाहरूको सशक्तीकरण र विकासका लागि सहयोग गरेकोमा कार्कीप्रति कृतज्ञता समेत व्यक्त गरे ।
सो अवसरमा बोल्दै दाता कार्कीले युवाको हितमा काम गर्न पाउनु गौरवको विषय रहेको बताउँदै भविष्यमा पनि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन स्थानीय युवा नेता तथा समाजसेवी गोविन्द लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!