मोरङ । पथरीशनिश्चरे नगरपालिकाको वडा नं ४ मा नगरकै पहिलो प्याराफिट सहितको खेलमैदान बन्ने भएको छ । वडाको पिपल डाँडास्थित सिद्दार्थ आधारभुत विद्यालयको स्वामित्वमा रहेको १० कट्ठा जग्गामा प्यारिफिट सहितको खेलमैदान बन्ने भएको हो ।
नगरपालिकाबाट विनियोजित ८ लाख रुपैयाँको लागतमा प्याराफिट सहितको खेलमैदानको निर्माण थालिएको हो । खेलमैदान निर्माण सम्पन्न गर्न करिब ५० लाख लागत लाग्ने र सोको व्यवस्थापनका लागि पहल भईरहेको वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपानेले बताए ।
नगरमै महत्त्वको रूपमा हेरिएको खेलमैदानको निर्माण सम्पन्न भएपछि वडामै राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न सकिने अध्यक्ष न्यौपानेको भनाई छ । उनले भौगोलिक रूपमा ठुलो क्षेत्रफल ओगटेको वडा भएकोले नयाँ वर्षको शुरूवात संगै शनिश्चरे बजारमा भागिरथ खेल मैदानको निर्माण थालिने जानकारी दिए ।
पछिल्लो समय वडामा विकासका गतिविधिहरु धमाधम हुन थालेपछि स्थानीयले समेत खुसि व्यक्त गरेका छन् । वडावासि माझ निकै लोकप्रिय छवि बनाएका न्यौपानेले पनि वडामा विकासे गतिविधिहरु सञ्चालन गर्न निकै सक्रियता देखाईरहेका छन् ।