रामकुमार परियार

शुक्रबार, चैत्र २८, २०८१ || 16325  पटक पढिएको
मोरङ । पथरी शनिश्चरे नगरपालिका वडा नं ६ , हसन्दहमा अवस्थित हसन्दह डनबस्को अंग्रेजी स्कुल नगरकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ । हालै सम्पन्न कक्षा ८ को नगरस्तरिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त विद्यालयले सबै विद्यालयलाई उछिनेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार नगर क्षेत्र भित्रका ४१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुमध्ये डनबस्को स्कुल सबैभन्दा उत्कृष्ट भएको हो। उक्त विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएका सबै १६ जना विद्यार्थीले उच्चतम ग्रेड (GPA) हासिल गरी शतप्रतिशत उत्तीर्णता हासिल गरेका छन्। नगरस्तरमा आयोजित परीक्षामा कुल १३६५ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ५२.८२ प्रतिशत अर्थात् ७२४ जना मात्रै उत्तीर्ण भएका छन्।
यस्तो अवस्थामा डनबस्को स्कुलले देखाएको शैक्षिक सफलता निकै प्रशंसनीय मानिएको छ। वि.सं. २०५६ मा स्थापना भएको यो विद्यालय कक्षा ८ सम्म सञ्चालनमा रहेको छ। ग्रामीण क्षेत्रलाई लक्षित गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले अतिरिक्त क्रियाकलाप र प्रतिस्पर्धात्मक कार्यक्रमहरुमा समेत सक्रिय सहभागिता जनाउँदै विभिन्न पुरस्कारहरू प्राप्त गरेको छ।
विद्यालयका निर्देशक तथा सञ्चालक किरण थापाका अनुसार शिक्षक तथा कर्मचारीहरूलाई नियमित तालिमको व्यवस्था गरिएको छ भने प्रविधिमैत्री शिक्षाका लागि अत्याधुनिक विज्ञान ल्याब सहितको कम्प्युटर कक्षा पनि सञ्चालनमा रहेको छ। टाढाबाट आउने विद्यार्थीहरूको लागि सुरक्षित र सुविधाजनक यातायात र चुमेनागृहको व्यवस्था समेत गरिएको छ।
यस विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरू हाल देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन् भने उच्च शिक्षा अन्तर्गत पीएचडी तहसम्म अध्ययन गरिरहेका छन्। सञ्चालक थापाका अनुसार, “हामी आधारभूत तहमै विद्यार्थीको बलियो आधार निर्माण गरेर उनीहरूलाई उच्च शिक्षाका लागि तयार पार्ने उद्देश्य राख्दछौं।”
स्थानीय तहका नीति नियमको पूर्ण पालना गर्दै विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । आगामी शैक्षिक सत्रका लागि २०८२ बैशाख ५ गतेबाट विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका लागि नयाँ भर्ना समेत खोलेको छ । हसन्दह डनबस्को स्कुलले शिक्षाको नयाँ पहिचान बनाउँदै अगाडि बढ्दैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!