पथरीशनिश्चरे । नेकपा एमाले पथरीशनिश्चरे नगरकमिटीको दोस्रो अधिवेशनले संजिब गिरिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ नेतृत्व चयनका लागि आज (बिहिवार) सम्पन्न निर्वाचनमा एमाले पथरीशनिश्चरेको अध्यक्षमा संजिब गिरि निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी बाबुराम एङ्देनले ७६ मत प्राप्त गरेका छन् । यसैगरी अध्यक्षका अर्का उम्मेदवार यामप्रसाद गुरागाँईले ९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै उपाध्यक्षमा ९८ मत ल्याउँदै नैना राई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अरुणा राईले ४० मत प्राप्त गरिन भने अर्का उम्मेदवार लालबहादुर भण्डारी (एलबि) ले २४ मत प्राप्त गरे । यस्तै सचीवमा विर्खबहादुर मगर (विरोज) ६५ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काशिराज राईले ५६ मत प्राप्त गरे भने तिर्थ आचार्यले २४ र अशोककुमार राईले १६ मत प्राप्त गरे ।
यसैगरी उपसचिवमा मणि सुब्बा (लिम्बु) विजयी बने , उनका निकटतम प्रतिद्वन्द्वी निर्मल कटुवालले ४० मत प्राप्त गरे भने निर्मला राई र रोशन बुढाथोकीले क्रमश: ३४ र ३१ मत प्राप्त गरेका छन् । यस्तै महिला खुला उपसचिवमा चन्द्रकला अधिकारी (कार्की) निर्विरोध निर्वाचित भईन ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार ईश्वर दुलाल , अर्जुन काफ्ले , किसन राई , गोपालप्रसाद लुँईटेल निर्विरोध , जनल पोख्रेल , नविन ढकाल , पर्शुराम न्यौपाने , बाबुराम चौधरी , भानुभक्त राई , मिना कार्कि , मोहन सापकोटा , मोहनबहादुर श्रेष्ठ , रमा अधिकारी , रामप्रसाद तामाङ , रोशन गुरुङ , लक्ष्मीप्रसाद फुयाँल र सावित्रा खड्का खुल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।