कृष्णा प्रसाद कुशवाहा

मंगलबार, चैत्र २५, २०८१ || 6873  पटक पढिएको

वीरगञ्ज, पर्सा | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले लामो समयदेखि अलपत्र रहेका शिक्षक सेवा र संघीय निजामती सेवासम्बन्धी ऐन लगायतका विधेयकहरू चाँडै पारित हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुप्ताले करिब एक दशकदेखि रोकिएको यस्ता विधेयकहरूमा हालसम्म करिब १८ सय उपदफामाथि दफाबार छलफल भइसकेको जानकारी दिनुभयो।

उहाँले आउँदो १२ गतेपछि सुरु हुने संघीय संसद्को अधिवेशनमा शिक्षक सेवा, संघीय निजामती सेवा तथा नेपाल प्रहरीसम्बन्धी गरी तीन वटा महत्वपूर्ण विधेयक संसदमा प्रस्तुत भई पारित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ती विधेयकहरू सरकारको बहुमतबाट पारित हुने विश्वाससमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले पछिल्लो समय प्रतिक्रियावादी शक्तिहरू पुनः सक्रिय बन्दै गएको उल्लेख गर्दै त्यस्ता तत्वहरूलाई नेपाली जनताले पुनः पराजित गर्ने चेतावनी दिनुभयो।

“आजभोलि देशमा अनेकन भ्रमपूर्ण प्रचारहरू भइरहेका छन्। जसले आफ्नै परिवार जोगाउन सकेन, उसले देश कसरी जोगाउँछ?” भन्दै गुप्ताले गणतन्त्रको विकल्प नरहेको स्पष्ट पार्नुभयो।

उहाँले नेपाली जनताले सामन्तवादी राजतन्त्र हटाएर ल्याएको लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै राजाको नाममा सडकमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी प्रवृत्तिका भएको आरोप लगाउनुभयो।

राजदरबार हत्याकाण्डपछि राजवंशीय शासन औपचारिक रूपमा समाप्त भएको स्मरण गराउँदै गुप्ताले “कुशको राजा बोकेर हिँड्नु अबको युगमा न त नैतिकताले सुहाउँछ, न त जनताले स्वीकार्छन्” भन्नुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!