गायक अनिल श्रेष्ठको नयाँ लोक दोहोरी गीत रुन्छे न्याउली चरी सार्वजनिक भएको छ ।
आफ्नै लय , शब्द र स्वर रहेको यस गीतमा अनिललाई चर्चित लोक दोहोरी गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा सङ्गीत संयोजन कृष्ण बाजुरालीले गरेका छन् भने द म्युजिक एरा रेकर्डिङ स्टुडियो अनामनगरमा गीतको रेकर्डिङ भएको हो ।
गीतमा चर्चित नायिका आयुष्मा कार्की , नायक प्रशान्त खड्का, बाल कलाकार साइना राई , हुक्का काका ( मणि राई ) प्रिन्स माले , अम्बर श्रेष्ठ र निर्मला श्रेष्ठले अभिनय गरेका छन,।
गीतको छायाँङ्कन खेम थापाले गरेका छन् भने राजकुमारले भिडियो निर्देशन तथा सम्पादन गरेका छन् । गीत Anil Shrestha Official युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।