हिपमत डटकम

सोमबार, चैत्र २४, २०८१ || 2231  पटक पढिएको

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको झापा १८.५ ओभरमा अलआउट हुँदै १३७ रन बनाउन सफल भयो । झापाका लागि अंकित सुवेदीले २३ बलमा २७ रन, भुपाल दङगालले २४ बलमा २६ रन र समिर कार्कीले १४ बलमा १९ रनको योगदान दिए । आषिष राना मगरले १६ रन र भुपेश गौतमले ११ रन बनाए । अन्य ब्याट्समेनहरू दोहोरो अंकमा पुग्न असफल रहे ।पटनाका रिहान दास गुप्ताले ३.५ ओभरमा १९ रन खर्चेर ३ विकेट र मन मोहनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पटनाका सुर्दशन सिंहले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए । अनुज रञ्जनले ४२ बलमा ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए ।

झापाका बलरहरूमध्ये ज्ञानु श्रेष्ठले ३.२ ओभरमा २९ रन खर्चेर २ विकेट र सिद्धार्थ कुमारले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।आयोजकका अनुसार मंगलबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेट बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विराटनगर र सुपोल क्रिकेट क्लब (मुन) आमनेसामने हुनेछन् ।

पहिलो खेलमा सुपोलको जित भारतको सुपोल क्रिकेट क्लब( मुन) ले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २०६ रनको विशाल स्कोर खडा गर्यो । सुपोलको आक्रामक ब्याटिङमा ऋषु कुमारले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाए । एमडी अमनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले ।
२०७ रनको कठिन लक्ष्य पछ्याएको बिहारले सुरुवातदेखि नै दबाबको सामना गर्नुप¥यो । सुपोलका बलरहरूको उत्कृष्ट प्रदर्शन अगाडि बिहारका ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकेनन् र १३ ओभरमै पूरै टिम केवल ८५ रनमा अलआउट भयो ।

बिहारका आयुष सिंहले २२ बलमा २९ रन र यश राजले १६ बलमा १९ रन बनाए । अन्य कुनै पनि पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, जसकारण टिमले सम्मानजनक स्कोर बनाउने आशा समाप्त भयो ।
सुपोलका तीव्र गतिका बलर प्रेम कुमारले कसिलो बलिङ गेर । उनले ४ ओभरमा केवल १५ रन खर्चेर ६ विकेट लिए, जुन यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!