हिपमत डटकम

सोमबार, चैत्र २४, २०८१ || 2235  पटक पढिएको

पोखरा । राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ संग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ ।पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप पुरुष राष्ट्रिय टि२० क्रिकेटमा तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौ ९ विकेटले बिजयी भएको हो । जित संगै लिगमा अपराजित रहँदै कुल ६ अंकका साथ उसले सेमीफाइनल यात्रा सुरक्षित गरेको छ ।

पोखराले आफ्ना लिग चरणका तीन खेलमा नै पराजयको सामना गरेको छ ।पोखरा महानगरले टस जितेर व्याटिङको सुरूवात गर्दै १७.२ ओभरमा १० विकेटको क्षतीमा ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो ।

सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्ता पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३/३ विकेट हात पारे । दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए ।

पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २/२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३/३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए ।

त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १/१ विकेट हात पारे ।

५४ रनको झिनो लक्ष्य पछ्याएको टिमको कप्तानी सम्हालेका रित गौतमले आक्रमक पारी खेल्दै्र १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए । त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए ।

समुह एको अन्तिम लिग खेल हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक–एक खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!