विराटनगर ।जतनपुरे पोखरेल वंशप्रतिष्ठानको तेस्रो वार्षीक साधारणसभा शनिबार सुनसरीको झुम्कामा सम्पन्न भएको छ । जतन पुरेपोखरेल वंश प्रतिष्ठानका अध्यक्ष राधाकृष्ण पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिराहाको कजुना गाँउँपािलकाका अध्यक्ष भोला पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो अबसरमा समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पोखरेल बन्धुहरुलाइ दोसल्ला र सम्मानपत्र समपर्णगरी प्रमुख अतिथी पोखरेलले सम्मान गर्नुभयो ।
कार्यक्रममा रोशन पोखरेल, विनोद पोखरेल,भरत पोखरेल, गोपाल गौरी प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम विशिष्ठ अतिथीको रुपमा आशिन हुनुहुनथ्यो ।त्यसैगरी लक्षमण पोखरेल,मुनाल पोखरेल,हिरा पोखरेल रहनुभएको थियो । करिब एकसय पचास पोखरेल बन्धुहरुको सहभागिता रहेको पोखरेल बंश प्रतिष्ठानका केन्द्रीय कोषध्यक्ष विष्णु पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष राधाकृष्ण पोखरेले प्रतिवेदन प्रस्तुत गनुभएको थियो त्यसैगरी कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने आजिवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रेसयुनीयन मोरंगका सचिव तथा नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य तथा रेडियो नेपालमा कार्यरत पत्रकार गोपाल प्रसाद पोखरललाइ समेत सम्मान गरिएको थियो । अध्यक्ष पोखरेलले दोसल्ला , खादा र माला लगाएर सम्मान गनुभयो ।