विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक तालिम (Fight Against Narcotics Instructor Training) दोस्रो समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
चैत्र १९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ FAN DESK मा रहने प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको बताउनु भयो । वहाँले बिशेष गरी जोखिममा परेका किशोर अवस्थाका युवाहरुलाई दुर्व्यसन विरुद्दको अभियानको लागी प्रशिक्षण प्रदान गरी योद्धा बनाई उनिहरुको अगुवाईमा सशक्तरुपमा दुर्व्यसन विरुद्ध कार्यक्रमहरु संचालन गर्न प्रशिक्षक प्रशिक्षार्थीहरुलाई हृदय देखि नै अनुरोध गर्नु भयो ।
वहाँले प्रशिक्षक प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै FAN कार्यक्रमहरुमा वितरण गर्नको लागी FAN लोगो अंकित टि-सर्ट जिल्ला प्रहरी कार्यालय धनकुटा र इलामबाट प्रशिक्षक प्रशिक्षणको लागी आउनु भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत सिनियर प्रहरी अधिकृतका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशबाट प्रतिनिधिकोरुपमा पाल्नु भएका अधिकृत प्रेम आचार्य र FAN अभियान सुनसरीका शम्भु अधिकारी समेतको उपस्थिति रहेको थियो ।