विराटनगर।विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका-६ बस्ने ३५ वर्षीय युवराज कटुवाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कटुवाललाई शंका लागि जाँच गर्दा उनको साथबाट करिब ३ ग्राम २५० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो । पक्राउ परेका कटुवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।