हिपमत डटकम

सोमबार, चैत्र १७, २०८१ || 4808  पटक पढिएको

बिराटनगर।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training) प्रथम समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

चैत्र १७ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नाराका साथ यही फाल्गुन २८ गतेबाट सुनसरीको इटहरीमा माननीय मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भई कोशी प्रदेश भरी प्रभावकारीरुपमा संचालन भईरहेको लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ FAN DESK मा रहने प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको वताउनु भयो ।

लागूऔषधको प्रयोग तथा ओसार पसारका कारणबाट भएको अपराधका घटनाको विश्लेषण गर्दै समाजमा हुने अपराधका घटनाहरु न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा बिद्यालय तथा समुदाय स्तरमा लागूऔषध दुर्व्यसनी विरुद्ध प्रभावकारीरुपमा सचेतना प्रदान गर्न र युवा वर्गलाई समेत प्रशिक्षण दिई उनिहरुको अगुवाईमा सशक्तरुपमा दुर्व्यसन विरुद्ध कार्यक्रमहरु संचालन गर्न प्रशिक्षक प्रशिक्षार्थीहरुलाई हृदय देखि नै अनुरोध गर्नु भयो ।

वहाँले प्रशिक्षक प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै FAN कार्यक्रमहरुमा वितरण गर्नको लागी FAN लोगो अंकित टि-सर्ट जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट प्रशिक्षक प्रशिक्षणको लागी आउनु भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोशी प्रदेशबाट प्रतिनिधिकोरुपमा पाल्नु भएका अधिकृत खगेन्द्र पोखरेल र FAN अभियान सुनसरीका शम्भु अधिकारीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!