हिपमत डटकम

आइतबार, चैत्र १६, २०८१ || 7294  पटक पढिएको

बिराटनगर ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यदिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  प्रथम समुहको उद्‍घाटन भएको छ ।

चैत्र १७ गते तालिम उद्‍घाटन कार्यक्रममा प्रमुख अतिथि एवं तालिम संयोजक प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको वताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई  परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो ।

वहाँले तालिममा सिकेका ज्ञान र शिपलाई कार्यक्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा दुर्ब्यसन विरूद्धको अभियानलाई सशक्त बनाई सुरक्षित समाज निर्माण कार्यमा प्रहरीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ ।

उक्त तालिममा पहिलो चरणमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र इलाम जिल्लामा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!