हिपमत डटकम

आइतबार, चैत्र १६, २०८१ || 269  पटक पढिएको

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा भएको अनुगमन टोलीले मिर्चेयाका १४ निजी अस्पताल तथा पोलिक्लिनिकको निरीक्षण गरेको छ। निरीक्षणको क्रममा १३ वटा अस्पताल तथा पोलिक्लिनिक अनुमति बिना नै सञ्चालन भइरहेको पाइएपछि मुख्यमन्त्री सिंहले तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

अनुगमनका क्रममा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनिक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, मिर्चेया नगरपालिकाबाट १५ शय्याको अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड विपरीत २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको पाइएकोले १५ दिनभित्र मापदण्ड पूरा गरी सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।

अनुगमन टोली अस्पतालमा पुग्दा अधिकांश अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी बिरामीलाई अलपत्र छोडेर फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!