हिपमत डटकम

शुक्रबार, चैत्र १४, २०८१ || 5533  पटक पढिएको

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सृजना थपिएको छ। नेपालमा छायाङ्कन गरिएको हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’ को भिडियो बिहीबार विश्वज्योति सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्काले अभिनय गरेका छन्। भिडियोमा ढकालको आकर्षक प्रस्तुति रहेको छ। नितिन चन्दको निर्देशनमा योर स्टाइल प्रोडक्सनले यो भिडियो निर्माण गरेको हो।

मोहम्मद शाहिदको शब्द र संगीत रहेको गीतमा सोनु मिश्रको स्वर रहेको छ। यो गीत एफएमडि म्युजिक मुम्बईबाट सार्वजनिक हुनेछ। हाल युट्युबमा गीतको टिजर मात्र राखिएको छ।

भिडियो सार्वजनिक कार्यक्रममा निर्देशक चन्दले आफूले निर्देशन गरेका अन्य हिन्दी गीतहरू पनि सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिए। आधा दर्जनभन्दा बढी म्युजिक भिडियो र केही विज्ञापनमा काम गरिसकेका सुशान्त ढकालले आफू निरन्तर यही क्षेत्रमा काम गरिरहने र भविष्यमा ठूलो पर्दामा देखिने योजना रहेको बताए। कार्यक्रममा मोडल मिस पवि, योर स्टाइल प्रोडक्सनका चिरञ्जीवी शर्मा, मोडल नमित चन्दलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!