विराटनगर ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र १४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा वँहाले समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी दुर्जनको लागी डर र सज्जनको लागी भर भई काम गर्नु पर्ने बताउनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय पाचँथरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहित लामो समय सम्म बिभिन्न इकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा प्रहरी नायव उपरीक्षक बुढाथोकीले जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीका विषयमा प्रदेश प्रमुख अधिकारीलाई अवगत गराउनु भएको थियो ।