हिपमत डटकम

मंगलबार, चैत्र ११, २०८१ || 6304  पटक पढिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयलाई बदनियतपूर्वक बर्खास्ती भएको भनेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ती निकाल्दै घिसिङमाथिको कारबाही विचौलियाहरुको संरक्षणको श्रृंखलाअन्तर्गत नै भएको निश्कर्ष निकालेको छ ।

रास्वपाले आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारण प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै भएको निश्कर्ष निकालेको छ । रास्वपाले दुई तिहाई समर्थनप्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोधकेन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!