पथरी ।सामुदायीक वन उपभोक्ता महासंघ पथरीशनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।डढेलो नियन्त्रण गर्ने उद्धेश्यले सञ्चालित सप्ताहव्यापि कार्यक्रमलाई सोमबार शान्ति सामुदायीक बनमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्धेश्यले पथरीशनिश्चरे १० मा रहेको मनकामना सामुदायीक वनबाट र्याली निकालिएको थियो ।विभिन्न प्लेकार्ड सहित निस्कीएको र्यालि बजार परिक्रमा गरि शान्ति सामुदायीक वनको पर्यटकिय स्थल शान्ति भुल्के सिमसारमा पुगि कोणसभा गरेको थियो ।
कार्यक्रममा बोल्दै सामुदायीक बन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले अबको मौसममा डढेलो तथा आगलागिका घट्ना बढ्ने हुनाले सजग हुनका साथै त्यस्ता घटना रोक्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नि पौडेलले बन डढेँलो रोकथामका लागि स्थानिय उपभोक्तको भुमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा डढेलो नियन्त्रण गर्ने उपायसहितको डेमो समेत देखाइएको थियो । उक्त कार्यक्रममा नगर महासंघ अन्तर्गतका डांस मोरङगी सामुदायीक बन, शान्ति सामुदायीक बन, मनकामना सामुदायीक बन लगायत ११ वटा सामुदायीक बनका साथै श्री कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समिति लगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो ।