झापाको गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट आइतबार दिउँसो प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्रामसहित भारत किसानगञ्ज-२ पलसाहका २३ वर्षीय सलमलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।