विराटनगर।झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत जिल्ला किसानगन्ज-२ का २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका-७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।