हिपमत डटकम

आइतबार, चैत्र ०९, २०८१ || 4934  पटक पढिएको

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले हराउँदै लेटाङले उपाधि जितेको हो ।

लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए । उनले खेल सुरु भएको ४५ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भए । सुजन विकले निकालेको क्रस पासलाई पुजनले चलाखी पूर्ण तरिकाले जाली चुमाए ।

उपाधिसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ हात पार्यो भने उपबिजेता उदयपुरको फ्युजन फुटबल क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो ।पहिलो पटक भाग लिएको मिल्स गोल्डकप प्रतियोगिताको उपाधि जित्दै लेटाङले इतिहास रचेको छ । लेटाङले सेमिफाइलनमा घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगरलाई ६–३ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व कायम रहयो । बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द टुनामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए । त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए । उनीहरुले प्रतियोगिताभरीमा समान २–२ गोल गरेका थिए ।

चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, विराटनगर १६ का उद्धव भुजेल, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!